२०८१ जेष्ठ ३ - Thu May, 2024 -

Biz Suchana

२०८१ जेष्ठ ३
Thu May, 2024

वीरगन्जको बिर्तास्थित बालसुधार गृहमा अझै तनाव

काठमाडौं, २७ भदौ । मंगलबार रातभर तनावग्रस्त बनेको वीरगन्जको बिर्तास्थित बालसुधार गृह अझै शान्त बन्न सकेको छैन । बुधबार बिहानैदेखि सुधार गृहका बालबन्दीहरुले सुरक्षार्थ खटिका प्रहरीमाथि ढुंगामुढा सुरु गरेपछि स्थिति अझै नियन्त्रणमा आउन सकेको छैन ।

सुधार गृह बाहिर बाक्लो संख्यामा प्रहरी तैनाथ गरिएपनि भित्र प्रवेश गर्न सकेको छैन । बालबन्दीहरुले सुधार गृह नजिक जाने प्रहरीमाथि ढुंगामुढा जारी राखेका छन् । अहिले सुधार गृह बाहिर सयौँ प्रहरी तैनाथ गरिएको पर्साका प्रहरी उपरीक्षक कोमल शाहले जानकारी दिए ।

सुधार गृहमा रहेका बालबन्दीहरूले एक सातादेखि नाइके परिवर्तन गर्नुपर्ने र भक्तपुरबाट ल्याइएका १८ बाल कैदीलाई अन्तै लगिनु पर्ने लगायतका माग राख्दै तोडफोडमा उत्रिएपछि स्थिति तनावपूर्ण बनेको हो ।

कैदीबन्दीबीचको विवादले उग्र रुप लिँदा राति अबेरसम्म सुधार गृह तनावपूर्ण बनेको थियो । यसक्रममा सुधार गृहभित्रबाट हानेको ढुंगा लागेर प्रहरीका साथै केही पत्रकारसमेत घाइते भएका थिए । यस्तै बालबन्दीसमेत घाइते भएका छन् । घाइते १० जना बाल बन्दीको वीरगन्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ ।गएराति सुधार गृहमा रहेका बन्दीबीचको विवादलाई साम्य पार्न प्रहरीले बाहिरबाट हवाई फायर र अश्रुग्याँस प्रयोग गर्नु परेको थियो ।

उक्त बालसुधार गृहमा हाल १ सय ३४ जना बाल कैदीहरु छन् । हालै भक्तपुर बालसुधार गृहमा उत्पात मच्चाएका बालबन्दीमध्ये १८ जनालाई यहाँ ल्याइएको थियो । यहाँ रहेका बाल कैदीहरुले भक्तपुरबाट ल्याइएकाहरुलाई अन्तै लगिनु पर्ने माग गरेका छन् । आफूहरुको माग सम्बन्धित निकायले सम्बोधन नगरेको भन्दै आक्रोशित उनीहरु मंगलबार राति एक्कासी तोडफोडमा उत्रिएका थिए ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com