२०८१ जेष्ठ ७ - Mon May, 2024 -

Biz Suchana

२०८१ जेष्ठ ७
Mon May, 2024

दिगो विकासका निर्धारित लक्ष्यहरु प्राप्त गर्न अहिलेको कार्यगतिले पुग्दैन : अध्यक्ष तिमिल्सिना

काठमाडौं, १२ भदौ । राष्ट्रिय सभाको अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले दिगो विकासका निर्धारित लक्ष्यहरु प्राप्त गर्न अहिलेको कार्यगतिले नपुग्ने भन्दै, समयमै गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

आज दिगो विकास लक्ष्यसम्बन्धी राष्ट्रसङ्घीय शिखर सम्मेलन तथा भावी रणनीतिका सन्दर्भमा आयोजित संसदीय परामर्श गोष्ठीमा उनले दीगो विकासको लक्ष्यलाई हाँसिल गर्न नेपालको यहि गतिको कार्य प्रयाप्त नहुने बताएका हुन् । तलदेखि माथिसम्मका सबै निकायले गम्भीर भएर लक्ष्य प्राप्तिमै ध्यान केन्द्रीत नगरे दिगो विकासको लक्ष्य पुरा गर्न नसकिने उनको भनाई छ ।

‘यो अत्यन्तै गम्भीर विषय हो,र यसलाई निरन्तर छलफल,संवाद, अन्तरक्रिया तलदेखि माथिसम्म सबै तहहरुमा अगाडि बढाउने,सचेत गराउने,हाम्रा सम्पूर्ण गतिविधिहरु यतातिर केन्द्रीत हुनुपर्ने आजको आवश्यकता हो ।’उनले नेपालमा दीगो विकास र सुशासन समितिनै बनाएको भएपनि विकासका लागि सरकार र योजना आयोगकै उल्लेख्य तादम्यता नमिलेको र त्यसमा बजेट विनियोजन गर्नलाई सरकारले गम्भीरता नदेखाएको प्रति प्रश्न गरेका छन् ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com