२०८१ बैशाख २९ - Sat May, 2024 -

Biz Suchana

२०८१ बैशाख २९
Sat May, 2024

सरकार हर तरहबाट यूवा उद्यशीलतालाई प्रोत्साहन गर्न प्रतिवद्ध छ : अर्थमन्त्री महत

काठमाडौं, ३१ साउन । सरकारले हर तरहबाट यूवा उद्यशीलतालाई प्रोत्साहन गर्ने अर्थ मन्त्री प्रकाश शरण महतले बताएका छन् । आज राष्ट्र निर्माण मञ्च नेपाल र उद्यमशील युवा सृजनशील युवा राष्ट्रिय अभियानले आयोजना गरेको उद्यमशील युवा सृजनशील युवा विषयक कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले यूवाहरुलाई देशमै रोक्नका लागि सरकारले यूवा उद्यशीलतालाई प्रोत्साहन गर्ने बताएका हुन् ।

उनले भने,‘सरकार हर किसिमबाट यूवा उद्यशीलतालाई प्रोत्साहन गर्न चाहन्छ । जसले गर्दा यहाँ केहि हुन थाल्यो भन्ने भएपछि विदेश गएका यूवाहरुपनि देशमा अवसर देखेर आफै आउँछन् ।’

उनले देशमा नै उत्पादित बस्तुमा कम कर र उद्यमशील गर्न चाहने युवाहरुलाई अनुदान र सस्तो ऋण दिने योजना सरकारको रहेको उल्लेख गरेका छन् । अर्थमन्त्री महतले भने, सरकारले जसले देशमै लगानी गर्छ र स्वदेशमा उत्पादन गर्छ त्यसलाई हामीले कर कम लगाउँछौं । साथै अनुदान र सस्तो ऋण गछौं उद्यमशील गर्न चाहने युवाहरुलाईं हामीले सर्पोट गर्ने हाम्रो योजना छ ।’

उद्यमशीलताको नेतृत्व यूवाहरुले गर्नुपर्छ भनेता पनि उद्यमशीलताप्रति उत्पे्ररणा गर्ने कुरा जटिल रहेको मन्त्री महतले टिप्पणी गरेका छन् । उनले अहिले कृषि भनेको परम्परागत हो यहाँ धेरै अवसर छैन् भन्ने मात्र सोच भएता पनि विदेश गएर सिप र क्षमता लिएर आउँनेहरुको लागि कृषि क्षेत्र अत्यन्तै ठूलो अवसर हुने गरेको बताएका छन् ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com