२०८१ बैशाख २७ - Thu May, 2024 -

Biz Suchana

२०८१ बैशाख २७
Thu May, 2024

सरकारले ठूलो रकम भुक्तान नगरेको भन्दै आन्दोलनमा निर्माण व्यवसायी

काठमाडौ, १५ साउन । सरकारले आर्थिक वर्ष सकिंदा पनि ठूलो रकम भुक्तान नगरेको भन्दै नेपाल निर्माण व्यवसायी महासंघ आन्दोलनमा उत्रिएको छ । रकम निकासको मागसहित धर्ना र विरोधका कार्यक्रम गर्दै आएको महासंघले आज बिहान प्रधानमन्त्रीको सरकारी निवास अघि धर्ना दिएका हुन् ।

रकम भुक्तान माग र म्याद थप सम्बन्धी निर्णयको विरोधमा व्यवसायीहरू सेफ्टी हेल्मेटसहित एक घण्टा धर्नामा सहभागि भए । यसअघि माइतीघर मण्डलासहितका स्थानमा धर्नामा बसेका उनीहरुले व्यवसायीले विभिन्न समस्या झेल्नुपरिरहेको गुनासो गरेका छन् ।महासंघका अध्यक्ष रवि सिंहले राज्यको गैरजिम्मेवारपनका कारण महासंघले बाध्य भएर आन्दोलन गर्नु परेको बताए ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com