२०८१ जेष्ठ ८ - Tue May, 2024 -

Biz Suchana

२०८१ जेष्ठ ८
Tue May, 2024

न्यूनतम खाद्य भण्डारण गर्न कम्पनी असफल भयो : अध्यक्ष मरासिनी

काठमाडौं २८ असार । न्यूनतम खाद्य भण्डारण गर्न कम्पनी असफल भएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव एवं खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका अध्यक्ष मधुकुमार मरासिनीले बताएका छन् । उनले राष्ट्रिय खाद्य भण्डारणको मापद्दण्ड अनुरुप खाद्ययवस्तु भण्डारण गर्न निर्देशन दिएका छन् ।

आज काठमाडौंमा आयोजित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको चौथो वार्षिक उत्सव कार्यक्रममा सचिव मरासिनीले कम्पनीले दायित्व पूरा नगरेको तथा आवश्यक न्यूनतम खाद्य वस्तु समेत भण्डारण गर्न नसकेको प्रति गुनासो गरे । उनले भने, ‘सार्क र राष्ट्रिय खाद्य सुरक्षा भण्डारणमा न्यूनतम तहको खाद्यान्न डिपोजिट हुनुपर्छ,तपाइँहरु त्यसमा फेल भैरहनुभएको छ । खै त्यो न्यूनतम लेवलको खाद्य सुरक्षा ? त्यो राख्नुपर्यो ।’

‘अहिले संसारभरि नै खाद्य सुरक्षा भनेको सबैभन्दा इमर्जिङ इस्यु छ । जि ट्वान्टीका नेताहरु भन्नुस वा ठूलो देश । हामीजस्तो गरीब दशलाई एकचोटी विर्सिनुस । ठूलो देशमा पनि अहिले खाद्य सुरक्षा भनेको एकदमै बर्निङ इस्यु छ । र त्यो खाद्य सुरक्षा कायम गर्ने नेपालको हकमा त्यो जिम्मेवारी सरकारले यहाँहरुलाई दिएको छ । कम्तिमा यहाँहरुले वार्षिक लक्ष्यको रुपमा तोकिएको खाद्यान्नहरु खरिद गर्नुहोस् । जुन मिनिमक लेवलको खाद्य सुरक्षा भण्डारण गर्नुपर्ने छ त्यो भण्डारण पनि गर्नुहोला’ मरासिनीले भने ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com