२०८१ बैशाख ३० - Sun May, 2024 -

Biz Suchana

२०८१ बैशाख ३०
Sun May, 2024

३६ अर्ब ६७ करोड नाफामा नेपाल विद्युत प्राधिकरण

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको सञ्चित नाफा बढेर ३६ अर्ब ३७ करोड पुगेको छ । बिहीबार नेपाल विद्युत प्राधिकरणले पत्रकार सम्मेलन गर्दै प्राधिकरणको कुल नाफा ११ अर्बबाट बढेर २ वर्षमा ३६ अर्ब ३७ करोड रुपैयाँ पुगेको जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा महानिर्देशक कुलमान घिसिङले, विद्युत बिक्रि तथा आयबाट गर्ने आम्दानी २ वर्षअघि ८१ अर्ब रुपैयाँ रहेकोमा अहिले बढेर एक खर्ब १८ अर्ब पुगेको जानकारी दिए ।

उनले भने, ‘विद्युत विक्रि तथा आयबाट गर्ने आम्दानी २ वर्ष अघि ८१ अर्ब रुपैयाँ रहेकोमा अहिले बढेर एक खर्ब १८ अर्ब पुगेको छ । प्राधिकरणको संञ्चीत नाफा ११ अर्बबाट बढेर २ वर्षमा ३६ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ ।’

उनले बजेट र खर्च नियन्त्रणको लागि एकीकृत भुक्तानी एवं अनलाईन भुक्तानी प्रणालीलाई प्रभावकारी बनाईएको पनि जानकारी दिए । विगत २ वर्षमा प्राधिकरणले आफ्नै श्रोतबाट साथै सरकारको कोषमा साँवा ब्याज र रोयल्टी गरी ३० अर्ब जम्मा गरेको उनको दाबी छ ।

उनले भने, ‘बजेट र खर्च नियन्त्रणको लागि एकीकृत भुक्तानी एवं अनलाईन भुक्तानी प्रणालीलाई प्रभावकारी बनाईएको छ । विगत २ वर्षमा प्राधिकरणले आफ्नै श्रोतबाट साथै सरकारको कोषमा साँवा ब्याज र रोयाल्टी गरी ३० अर्ब जम्मा गरेका छौ ।’

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com