२०८१ जेष्ठ ६ - Sun May, 2024 -

Biz Suchana

२०८१ जेष्ठ ६
Sun May, 2024

भारत भ्रमणका क्रममा नेपालको भूमि साट्ने विषयमा कुरा भएको छैनः प्रधानमन्त्री दाहाल

काठमाडौं, २२ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणका क्रममा नेपालको भूमि साट्ने विषयमा कुरा नभएको बताएका छन् । आज बसेको प्रतिनिधिसभा बैठकले उनले आफूले नेपालको भूमि साट्ने कुरा नभएको स्पष्ट पारेका हुन् । उनले नेपालको भूमि स्थापित गर्ने विषय पहिलो प्राथमिकताको कुरा भएको बताए ।

आफ्नो भारत भ्रमणमा सीमा विवाद समाधान नगरी दुई देशबीचको सम्बन्ध उचाइ नपुग्ने बताएको र यसबारे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि सीमा विवाद समाधान गर्ने बताएको प्रधानमन्त्री प्रचण्डले बताए ।

तर, बंगलादेशसम्मको पहुँचका लागि नेपाली भूमि साट्न सकिन्छ भनेर विज्ञले भनेका छन् भनेर बोलेको कुरालाई नेपाली भूमि साट्यो भनेर हल्ला चलाइएकोप्रति आफूलाई दुःख लागेको प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com