२०८१ बैशाख ३० - Sun May, 2024 -

Biz Suchana

२०८१ बैशाख ३०
Sun May, 2024

ब्रेकअपपछि पहिलो पटक सँगै देखिए टाइगर श्राफ दिशा पटानी

काठमाडौ, १८ असार । हालै दिशा पटानी र टाइगर श्राफ दिल्लीको एक कार्यक्रममा सँगै देखिएका छन्। ब्रेकअपपछि दिशा–टाइगर पहिलो पटक सार्वजनिक रूपमा सँगै देखिएका हुन । यस सम्बन्धमा एउटा भिडियो पनि सामाजिक सञ्जालमा आएको छ । रिपोर्टका अनुसार दिशा र टाइगर कार्यक्रममा सहभागी हुन मुम्बईबाट दिल्ली पुगेका थिए ।

भिडियोमा दिशा र टाइगर कार्यक्रममा एक अर्काको छेउमा बसेर कुराकानी गरिरहेको देखिन्छ । यस बाहेक दिशा र टाइगर एयरपोर्ट पुगेका भिडियो पनि सामाजिक सञ्जालमा भाइरल भएको छ । तर, दुवैले पापाराजीलाई फरक–फरक पोज दिए । टाइगरले क्यामेराको लागि पोज दिँदा दिशा पछाडि उभिरहेकी थिइन् । टाइगरपछि दिशा क्यामेराको अगाडि आइन् र पोज दिइन् ।

कार्यक्रममा टाइगर श्राफले कालो टि–सर्ट र कालो प्यान्ट लगाएका थिए । दिशा पटानीले यसलाई बैजनी क्रप टप, सेतो प्यान्ट र स्नीकर्समा स्टाइल गरेकी थिइन् । दुबैले सनग्लास पनि लगाएका थिए । कार्यक्रममा टाइगरकी बहिनी कृष्णा श्राफ दिशाको छेउमा बसेकी थिइन् ।

त्यही समयमा टाइगर श्राफकी आमा आयशा श्राफ छोराको पछाडि बसिरहेकी थिइन् । यिनीहरुका अलावा ड्यानी डेन्जोङ्पाका छोरा रिङ्जिङ डेन्जोङ्पा पनि कार्यक्रममा उपस्थित थिए ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com