२०८१ बैशाख २८ - Fri May, 2024 -

Biz Suchana

२०८१ बैशाख २८
Fri May, 2024

वित्तीय अनुशासन उलंघन गर्नेहरूमाथि कडा कारबाही गर्नुपर्छ : प्रदीप पौडेल

काठमाडौ, १७ असार । वित्तीय अनुशासन उलंघन गर्नेहरूमाथि कडा कारबाही गर्न सत्तारुढ प्रमुख घटक नेपाली काग्रेसका सांसद प्रदीप पौडेलले सरकारसँग माग गरेका छन् ।

आज प्रतिनिधिसभाको दोसो बैठकमा बोल्दै उनले सहकारी संस्थाहरुलगायतले ठगी गरेको समाचार बाहिर आइरहेको उल्लेख गर्दै उनीहरुलाई कारबाहीको दायरामा ल्याउने कुरालाई कुनै पनि हालतमा क्षमा दिन नहुनेतर्फ पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए ।

सांसद पौडेलले ‘मुलुकी संहितासम्बन्धि केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ माथिको सैद्धान्तिक छलफलमा भाग लिने क्रममा वित्तीय अनुशासन उलंघन गर्नेहरूमाथि कारबाही गर्ने खालको कानुन बनाउने कामलाई पनि सरकार र संसद्ले ख्याल नगरेको भन्दै आपत्ति जनाएका छन् ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com