२०८१ जेष्ठ ५ - Sat May, 2024 -

Biz Suchana

२०८१ जेष्ठ ५
Sat May, 2024

पहिलो पटक विश्वकप क्रिकेट बिजेता बेष्ट इन्डिजसँग भिड्दै नेपाल

काठमाडौं, ७ असार । नेपालले पहिलो पटक विश्वकप क्रिकेट बिजेतासँग आज क्रिकेट खेल्दैछ । आइसिसी विश्वकप छनोट २०२३ को आफ्नो तेस्रो खेलमा नेपालले विश्वकप बिजेता वेस्ट इन्डिजसँग खेल्न लागेको हो ।सो खेल नेपाली समय अनुसार अपरान्ह १२ः ४५ बजेबाट हरारे स्पोर्ट्स क्लबमा सुरु हुनेछ ।

नेपालले यसअघि खेलेका दुई खेल मध्ये एकमा जीत र एकमा हार ब्योहोरेको छ । जिम्बाबेलाई राम्रो लक्ष्य दिए पनि बलिङमा जम्न नसक्दा पराजय भोगेको नेपालले अमेरिकालाई भने सानदार प्रदर्शनका साथ हराएको थियो ।

ओडिआई वरियतामा नेपाल १४ औं र वेस्टइन्डिज १० औं स्थानमा छन् । आजको प्रतिस्पर्धा नेपालका लागि निकै ठुलो अवसर भएको जनाउँदै क्रिकेट समिक्षकहरुले नेपालले गौरब गर्नु पर्ने टिप्पणी गरेका छन् ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com