२०८१ जेष्ठ ५ - Sat May, 2024 -

Biz Suchana

२०८१ जेष्ठ ५
Sat May, 2024

परिवर्तनका लागि प्रगतिशील शक्ति मोर्चाबद्ध भयौं : उपेन्द्र यादव

काठमाडौं,४ असार । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले मुलुकको परिवर्तनका लागि प्रगतिशील शक्ति एकताबद्ध भएर समाजवादी मोर्चा गठन गरिएको बताएका छन् ।समाजवादी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै यादवले राजनीतिक आन्दोलनबाट प्राप्त उपलब्धि जोगाउनका लागि आफूहरू एक ठाउँमा उभिनुपरेको दाबी गरे ।

राजनीतिक परिवर्तन भए पनि जनताको जीवनमा त्यसको अनुभूति हुन नसकेको बताउँदै उनले अब सुशासन, विकास र समृद्धिको बाटोमा अगाडि बढ्नुपर्ने बताए । शासन प्रणाली बदलिए पनि शासकको कार्यशैलीमा परिवर्तन भई जनताको जीवनमा त्यसको प्रभाव देख्न नपाइएको यादवको दाबी छ ।समाजवादी मोर्चाको उद्देश्य गणतन्त्रलाई संस्थागत गर्ने, संघीयता, गणतन्त्र, समावेशिता, धर्म निरपेक्षता, मौलिक हकजस्ता उपलब्धि सुनिश्चित गर्ने रहेको उनले बताए ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com