२०८१ जेष्ठ ४ - Fri May, 2024 -

Biz Suchana

२०८१ जेष्ठ ४
Fri May, 2024

नेपाल इन्स्योरेन्स कम्पनीले बोलायो वार्षिक साधारणसभा, लाभांश पारित गर्ने

काठमाडौं । आगमी पुस १३ गतेका लागि नेपाल इन्स्योरेन्स कम्पनीले वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको संचालक समितिको बैठकले प्रज्ञा भवन कमलादीमा साधारणसभा बस्नेगरी मिति तय गरेको हो ।

साधारणसभाले यसअघि घोषित १० प्रतिशतले हुने बोनस सेयर र सो बोनस सेयरमा कर प्रयोजनका लागि लाग्ने ०.५२ प्रतिशत नगद लाभांश पारित गर्नेछ । कम्पनीले मंसिर २८ गतेका लागि बुक क्लोजको मिति तय गरेको छ । अघिल्लो दिन मंसिर २७ सम्म कायम सेयरधनी मात्रै लाभांश लिन र साधारणसभामा भाग लिन योग्य हुनेछन् ।

गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनमाथि छलफल गरी साधारणसभाबाट पारित हुनेछ । त्यस्तै साधारण सेयरधनीका तर्फबाट कम्पनीमा संचालकको रुपमा गुहेश्वरी क्यापिटलका प्रतिनिधि सजल मास्केलाई गरिएको मनोनित अनुमोदन गरिने कम्पनीले जनाएको छ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com