२०८१ जेष्ठ ३ - Thu May, 2024 -

Biz Suchana

२०८१ जेष्ठ ३
Thu May, 2024

आईसीसी विश्वकप छनोटः नेपालद्वारा जिम्बाबेलाई २९१ रनको चुनौती

काठमाडौं, ३ असार । आईसीसी विश्वकप छनोट खेलमा नेपालले जिम्बाबेलाई २९१ रनको लक्ष्य प्रस्तुत गरेको छ । जिम्बावेस्थित हरारे मैदारनमा टस हारेर ब्याटिङ गरेको नेपालले पूरा ५० ओभर खेल्दै ८ विकेटको क्षतिमा २९० रन जोडेको हो । नेपालका लागि सर्वाधिक कुशल भुर्तेलले ९५ बलमा १३ चौका र २ छक्काका मद्दतमा ९९ रन जोड्दा आसिफ शेखले १०० बलमा ७ चौकाको मद्दतमा ६६ रन जोडेका थिए ।

यस्तै कुशल मल्लले ४२ बलमा २ चौकाको मद्दतमा ४१ रन र कप्तान रोहित पौडेलले २९ बलमा ५ चौकाको सहयोगमा ३१ रन जोडेका थिए । आरिफ शेखले १०, गुल्सन झाले १३ जोडेका हुन् । अब केहीबेरमा जिम्बाबेले जवाफी ब्याटिङ गर्नेछ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com