२०८१ बैशाख २९ - Sat May, 2024 -

Biz Suchana

२०८१ बैशाख २९
Sat May, 2024

संसदीय सुनुवाइ समिति बैठक  : प्रधानन्यायाधीश कार्कीविरुद्धको उजुरी खोलिने

काठमाडौं, २९ जेठ । संसदीय सुनुवाइ समितिको बैठक बस्दै छ । सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको भवनमा आज बिहान ११ बजे बस्ने गरी समितिको बैठक बोलाइएको छ ।

बैठकमा प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध परेका उजुरी खोलेर सदस्यहरुलाई वितरण गर्ने कार्यतालिका छ । यही १६ जेठमा १० दिनभित्र उजुरी दिन समितिले आह्वान गरेको थियो ।

सो समयमा परेका उजुरी आज बस्ने बैठकमा खोल्ने र वितरण गर्ने संघीय संसदका उपसचिव विमला घिमिरेले जानकारी दिइन् । प्रस्तावित प्रधानन्यायाधीश कार्कीको सुनुवाइसम्बन्धी कार्यतालिकामाथि छलफल गरी निर्णय गरिने बैठकको एजेण्डा रहेको छ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com