२०८१ बैशाख २७ - Thu May, 2024 -

Biz Suchana

२०८१ बैशाख २७
Thu May, 2024

नेमकिपाले आज नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध जुलुश र धर्ना गर्दै

काठमाडौं, २१ जेठ । राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले आज राजधानीमा जुलुश र धर्ना कार्यक्रम गर्ने भएको छ । आज बिहान ९ बजे कोटेश्वरमा जम्मा भई जुलुश गरेर संघीय संसद भवन नयाँं वानेश्वरमा धर्नामा बस्ने पार्टीका केन्द्रीय सदस्य सरोजराज गोसाइले बताएका छन् । धर्नामा पार्टीका केन्द्रीय नेताहरुबाट सम्वोधन हुनेछ ।

यसअघि बैशाख १७ गते बसेको पार्टीको सचिवालको बैठकले नागरिकता प्रमाणीकरण तत्काल रद्द गर्न माग गरेको थियो । त्यस पछिबाट निरन्तर पार्टीले जिल्ला जिल्लामा विरोध कार्यक्रम गर्दै आएको छ । यस अन्तर्गत केन्द्रीय राजधानी काठमाडौंमा जुलुश र धर्ना गर्न लागेको हो ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com