सुनको मूल्य घट्यो, आज कति ?

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज(बिहिबार)का लागि सुनचाँदीको मूल्य सार्वजनिक गरेको छ। सार्वजनिक मूल्य अनुसार आज सुनको मूल्य प्रति तोला ५ सय रुपैयाँले घटेर १ लाख १ हजार रुपैयाँमा कारोबार भईरहेको छ।
महासङ्घका अनुसार आज तेजावी सुनको मूल्य तोलाको १ लाख ५ सय रुपैयाँ निर्धारण भएको छ। त्यस्तै चाँदीको मूल्य ५ रुपैयाँले घटेर प्रति तोला १ हजार २ सय २० रुपैयाँमा कारोबार भईरहेको छ।
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ।