२०८० मंसिर १२ - Tue Nov, 2023 -

Biz Suchana

२०८० मंसिर १२
Tue Nov, 2023

मंगलबारको विदेशी विनिमय दर

नेपाल राष्ट्र बैंकले आज(मंगलबार)का लागि विदेशी विनिमय दर सार्वजनिक गरेको छ। सार्वजनिक दरमा अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ०६ पैसा र बिक्रीदर १३२ रुपैयाँ ६६ पैसा कायम गरिएको छ।

युरोपियन युरो एकको खरिदमा भने १४१ रूपैयाँ ११ पैसा र बिक्रीमा १४१ रूपैयाँ ७५ पैस, अष्ट्रेलियन डलर एकको खरिदमा ९१ रूपैयाँ १५ पैसा र बिक्रीमा ९१ रूपैयाँ ५६ पैसा, क्यानेडियन डलर एकको खरिदमा ९८ रूपैयाँ १२ पैसा र बिक्रीमा ९८ रूपैयाँ ५६ पैसा, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १५८ रूपैयाँ ८५ पैसा र बिक्रीदर १५९ रूपैयाँ ५८ पैसामा कारोबार भई रहेको छ।

राष्ट्र बैंकका अनुसार कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ १४ पैसा र बिक्रीमा ३६ रूपैयाँ ३१ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ २१ पैसा र बिक्रीदर ३५ रूपैयाँ ३७ पैसा, युएई दिराम एकको खरिदमा ३५ रूपैयाँ ९६ पैसा र बिक्रीमा ३६ रूपैयाँ १२ पैसा, मलेसियन रिंगिट एकको खरिददर २९ रूपैयाँ ८१ पैसा र बिक्रीमा २९ रूपैयाँ ९४ पैसा निर्धारण गरिएको छ।

उता, कुवेती दिनार एकको खरिदमा ४३१ रूपैयाँ ०३ पैसा र बिक्रीमा ४३२ रूपैयाँ ९९ पैसा र बहराइन दिनार एकको खरिददर ३५० रूपैयाँ ३८ पैसा र बिक्रीदर ३५१ रूपैयाँ ९८ पैसा तोकिएको छ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com