२०८१ बैशाख १८ - Tue Apr, 2024 -

Biz Suchana

२०८१ बैशाख १८
Tue Apr, 2024

प्रधानमन्त्री दाहाल र अमेरिकी राष्ट्रपति बाइडेनका विशेष सहायक लाउबाचरबीच भेटवार्ता

काठमाडौं । आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र दक्षिण एसियाका लागि अमेरिकी राष्ट्रिय सुरक्षा परिषदकी वरिष्ठ निर्देशक इलिन लाउबाचरबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री दाहाललाई भेट्न अमेरिकी राष्ट्रपति जो बाइडेनका विशेष सहायक समेत रहेकी लाउबाचर बालुवाटारस्थित निवासमा पुगेकी थिइन् ।

उक्त भेटवार्तामा दुई मुलुकबीचको सम्बन्धलाई थप बलियो बनाउने र द्विपक्षीय सहकार्य थप बढाउने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । लाउबाचर  बुधबार काठमाडौं आएकी थिइन् । काठमाडौं आएलगत्तै उनले परराष्ट्रमन्त्री एनपी साउद, प्रधानसेनापति प्रभुराम शर्मा र राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागीसँग भेटवार्ता गरेकी थिइन् ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com