२०८१ बैशाख ३० - Sun May, 2024 -

Biz Suchana

२०८१ बैशाख ३०
Sun May, 2024

मूलपानी, विराटनगर र भरतपुरमा क्रिकेट स्टेडियम निर्माण गरिनेछ : खेलकुदमन्त्री लिम्बु

काठमाडौं । नेपाल सरकारले मूलपानी, विराटनगर र भरतपुरमा क्रिकेट खेलको लागि स्टेडियम निर्माण गर्ने निर्णय गरेको युवा तथा खेलकुद मन्त्री डिग बहादुर लिम्बुले बताएका छन् । आज सातौं दक्षिण एसियाली कराते च्याम्पियनसिप २०२३ को समारोहमा सम्बोधन गर्दै उनले स्टेडियम निर्माणलाई राष्ट्रिय गौरवका योजनाहरुभित्र समावेश गरिएका भन्दै यसबाट नेपालको खेल स्तर अझै बढ्ने विश्वास लिएको बताए ।

उनले भने, ‘अहिले नेपाल सरकारले मूलपानी, विराटनगर र भरतपुरमा खेलको लागि स्टेडियम निर्माण गर्ने निर्णय गरिसकेको छ । त्यो स्टेडियम राष्ट्रिय गौरवका योजनाहरुभित्र समावेश गरिएका छन् । त्यो सम्पन्न भएपश्चात नेपालको खेल स्तर पनि बढ्ने छ । यसबाट नै पर्यटन, आर्थिक सुधारको साथै देश समृद्धिको बाटोमा जाने विश्वास लिएको छु ।’

उनले खेल क्षेत्रको विकास र प्रवद्र्धनको साथै नेपाली खेलाडीहरुको खेलको स्तर, सेवा र सुविधा वृद्धि गरेर अगाडि बढाउने कुरामा सरकार प्रतिवद्ध रहेको भन्दै मन्त्रीको पदमा रहेर आफूले गर्न सक्ने सबै काम गर्ने प्रतिबद्धता पनि जनाएका छन् । विभिन्न देशबीचको प्रतिस्पर्धा, प्रतियोगिताबाट नेपाली खेलाडीहरुलाई नयाँ विषय सिक्ने अवसर प्राप्त हुने उल्लेख गर्दै त्यसको लागि निरन्तर यस्ता खेलहरुको खाँचो रहेको पनि उनको भनाई छ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com