२०८० मंसिर १२ - Tue Nov, 2023 -

Biz Suchana

२०८० मंसिर १२
Tue Nov, 2023

प्यूठानको भिंग्री नजिकै कार भीरबाट खस्दा ८ जनाको मृत्यु

काठमाडौं, २९ जेठ । स्वर्गद्वारीबाट फर्केको कार दुर्घटनामा तीन बालबालिकासहित ८ जनाको मृत्यु भएको छ । प्यूठानको भिंग्री नजिकै लु १ च ६३४५ नम्वरको कार आज दिउसो भीरबाट खस्दा ८ जनाको मृत्यु भएको लुम्बिनी प्रदेश प्रहरीले जानकारी दिएको छ । प्युठानमा स्वर्गद्वारी दर्शन गरेर फर्केका तीर्थयात्री चढेको निजी गाडी दुर्घटनामा परेको हो ।

गाडीमा लमही ५ का २ महिला २ पुरुष र ४ बालबालिका सवार रहेको प्रहरीले जनाएको छ । शव अस्पताल लग्ने तयारी भइ रहेको छ । लमही ५ का चालक तारा कुमाल बाहेक अन्य मृतकको पहिचान खुलेको छैन् । घटनाको थप विवरण आउन बाँकी छ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com