२०८१ बैशाख २६ - Wed May, 2024 -

Biz Suchana

२०८१ बैशाख २६
Wed May, 2024

 बुवाको हत्या गरेको आरोपमा छोरा पक्राउ

विराटनगर । प्रहरीले झापाका एक युवकलाई बुवाको हत्या गरेको आरोपमा पक्राउ गरेको छ । आज बिहान करिब साढे ६ बजे झापाको कमल गाउँपालिका–४ का ४५ वर्षीय भोलाकुमार तामाङको हत्या भएको प्रहरीले जनाएको छ । उनलाई आफ्नै छोरा २३ वर्षीय आषिश तामाङले हत्या गरेको प्रहरीको भनाइ छ ।उनले कराई र घरेलु हतियारले प्रहार गरी बुवाको हत्या गरेका थिए ।

भोलाकुमारको टाउको र शरीरका अन्य भागमा गहिरो चोट लागेको पाइएको प्रहरीले जनाएको छ । घटनापछि फरार भएका आशिषलाई प्रहरीले झापाकै कमल गाउँपालिका–४ मा पक्राउ गरेको हो ।उनलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान सुरु गरिएको प्रहरीले उल्लेख गरेको छ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com