२०८१ बैशाख २९ - Sat May, 2024 -

Biz Suchana

२०८१ बैशाख २९
Sat May, 2024

आफ्नो समूहले गरेको प्रदर्शन आन्दोलन मात्रै नभइ जनविद्रोह हो : दुर्गा प्रसाई

काठमाडौं । आफ्नो समूहले गरेको प्रदर्शन आन्दोलन मात्रै नभइ जनविद्रोह भएको दुर्गा प्रसाईले बताएका छन् । काठमाडौं बल्खुमा आजभएको आफू नेतृत्वको प्रदर्शनलाई सम्बोधन गर्दै उनले देशबाट संघीय व्यवस्था हटाउने चाहना बोकेर आएको भन्दै विद्रोहको विरुवा रोपिएको दाबी गरे ।

‘हाम्रो युवाहरु बाहिर जाने अवस्था परिवर्तन गर्न आएको हो, मभित्र धेरै ठूलो पीडा छ, म दुर्गा मातालाई साक्षी राखेर तपाईहरुको अगाडि मर्न आएको हो । म मर्न चहान्छु, यो संघीयता भन्नेलाई लात्ताले दिएर खेद्न चाहन्छु,’ उनले भने, ‘यो आन्दोलन आन्दोलन होइन, यसलाई तपाइँले आन्दोलन नभन्नुस् यो जनताले गरेको जनविद्रोह हो । हामीले धेरै खप्यौं । यो जनविद्रोह आजबाट सुरु भयो, नेपालमा विद्रोहको विरुवा रोपियो ।’

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शासन व्यवस्था जनताको अपेक्षाअनुसार चलाउन नसकेको आरोप उनले लगाए । उनले प्रचण्डलाई जनता माझ आउन आग्रह गरे । उनले भने, ‘म अहिलेको प्रधानमन्त्रीलाई म राम्रोसँग चिन्छु, म उहाँलाई के भन्छु भने जनतासँग आउनुहोस् । हिजो यही जनताले पु¥याएको हो तपाईलाई ठाउँमा । जनतालाई जिम्मा लगाउनु, अब तपाईहरुले सक्नु भएन ।’मुलुकलाई मदिरा र चुरोट ल्याएर ट्रेनिङ सेन्टर र तस्करीको अड्डा बनाएको आरोप पनि उनले लगाए ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com