२०८१ जेष्ठ ४ - Fri May, 2024 -

Biz Suchana

२०८१ जेष्ठ ४
Fri May, 2024

पेप्सीकोलामा ४ सवारीसाधन दुर्घटना : १० जना घाइते

काठमाडौं, १७ भदौ । पेप्सीकोलाबाट जडिबुटीतर्फ जाँदै गरेको बस पल्टिदा कम्तीमा १० जना घाइते भएका छन् । आज बिहान काठमाडौंको पेप्सिकोलामा गुडिरहेको बस पल्टँदा गुडिरहेको स्कुटर,बाइक र जिपमा समेत ठक्कर दिएको थियो । जसमा चारवटा सवारी एक आपसमा दुर्घटनामा परेका छन् ।

जसमा कम्तीमा १० जना घाइते भएको बताइएको छ । घाइतेमध्ये ७ जनालाई सिभिल अस्पताल बानेश्वर उपचारको लागि ल्याइएको महानगरीय प्रहरी प्रभाग काँडाघारीले जानकारी दिएको छ । सामान्य घाइते भएकालाई पेप्सीकोलाकै स्थानीय अस्पतालमा उपचारका लागि लगिएको छ । दुर्घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com