२०८१ बैशाख २७ - Thu May, 2024 -

Biz Suchana

२०८१ बैशाख २७
Thu May, 2024

यूवा संघको तिनकुने आन्दोलनमा सुरक्षा व्यवस्था कडा

काठमाडौं । नेकपा एमाले निकट राष्ट्रिय युवा संघले काठमाडौँको तीनकुनेमा प्रदर्शन गरेको छ । अहिले प्रदर्शन जारी छ । प्रशासनले माइतीघर मण्डलालाई निषेधित क्षेत्र तोकेपछि युवा संघले तीनकुनेमा प्रदर्शन गरेको हो । युवा संघका कार्यकर्ताहरू अहिले काठमाडौंको विभिन्न क्षेत्रबाट जम्मा भइरहेका छन् ।

प्रदर्शनमा कुनै अप्रिय घटना हुन नदिन र दुई समूहबीचको सम्भावित मुठभेड रोक्नका उपत्यका प्रहरी कार्यालयले कडा सुरक्षा व्यवस्था गरेको जनाएको छ । उपत्यका प्रहरी कार्यालयका अनुसार आज दुई समूहको प्रदर्शन लक्षित सुरक्षा व्यवस्थाको लागि ७ हजार सुरक्षाकर्मी परिचालन गरिएको छ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com