२०८१ बैशाख २ - Sun Apr, 2024 -

Biz Suchana

२०८१ बैशाख २
Sun Apr, 2024

बसको ठक्करबाट स्कुटर चालकको मुत्यु, तनावग्रस्त मोरङ

काठमाडौं, २५ जेठ । मोरङको उर्लाबारी नगरपालिका–३, नयाँ मंगलबारेमा आज दिउँसो तीन बजे बसले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ ।पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे१ख ३०७३ नम्बरको बसले विपरीत दिशातर्फबाट आउँदै गरेको प्रदेश १–०१–०१३ प २९० नम्बरको स्कुटरलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक रन्जन ढकालले जानकारी दिए ।

दुर्घटनामा मृत्यु भएका स्कुटर चालकको परिचय खुलेको छैन । दुर्घटनामा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएपछि स्थानीयले बसमा आगजनी गरेका छन् । आगजनीबाट बसमा क्षति पुगेको छ । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com