२०८१ जेष्ठ ५ - Sat May, 2024 -

Biz Suchana

२०८१ जेष्ठ ५
Sat May, 2024

पहिलो त्रैमासमा शिखर इन्स्योरेन्सले कमायो ११ करोड नाफा

काठमाडौं। आर्थिक वर्ष २०८०–८१ को पहिलो त्रैमासमा शिखर इन्स्योरेन्सले ११ करोड रुपैयाँ नाफा कमाएको छ । कम्पनीले सार्वजनिक गरेको तीन महिनाको अपरिष्कृत वित्तीय विवरणअनुसार ११ करोड २४ लाख रुपैयाँ खुद नाफा गरेको हो ।

उक्त नाफा गत वर्षको भन्दा केही बढी हो । गत वर्षको सोही अवधिमा कम्पनीले ११ करोड ९ लाख रुपैयाँ नाफा कमाएको थियो । गत वर्ष साउनदेखि असोजसम्मको तुलनामा चालु आवको सोही अवधिमा कम्पनीले १.३३ प्रतिशतले नाफा बढाएको छ ।पहिलो त्रैमासमा कम्पनीले २७ करोड ७८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । कम्पनीको महाविपत्ति कोषमा १४ करोड ८८ लाख रुपैयाँ सञ्चित छ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com