२०८१ जेष्ठ ६ - Sun May, 2024 -

Biz Suchana

२०८१ जेष्ठ ६
Sun May, 2024

भारतको उत्तराखण्डको सुरुङमा थुनिएका ४० मजदुरको उद्धार कार्य जारी

काठमाडौं । उत्तराखण्डमा निर्माणाधीन सुरुङमा पहिरो गएपछि फसेका मजदुरलाई निकाल्ने प्रयास भइरहेको अधिकारीहरूले जनाएका छन् । उत्तराखण्डको उत्तरकाशीमा आइतबार निर्माणाधीन सुरुङ पहिरो गएपछि ४० जना मजदुर थुनिएका थिए ।

भारतीय समाचार संस्था पीटीआईका अनुसार मजदुरहरू निकाल्न ड्रिलिङ मेसिनको सहायता लिइएको छ । राष्ट्रिय राजमार्ग एवं अवसंरचना विकास निगम लिमिटेडका निर्देशक अंशु मनीष खाल्कोका अनुसार भित्र थुनिएका मजदुर सुरक्षित अवस्थामा रहेका छन् । उनले भनेका छन्, ‘अवस्था अहिले राम्रो छ । सबै मजदुर सुरक्षित छन् । हामीले खाना र पानी उपलब्ध गराइरहेका छौँ । हामीले सक्दो राम्रो गरिरहेका छौँ ।’

माथिबाट पहिरो खस्दा करिब ६० मिटर जति सुरुङ थुनिएको थियो । जसमध्ये २० मिटर सफा गरिसकेको र बाँकी आजै सकिने उत्तरकाशीका एसपी अर्पण यदुवंशीले जनाएका छन् । पाइपमार्फत मजदुरहरूलाई खाना र पानी पठाइएको उनले बताए ।

थुनिएका मजदुरहरू उत्तर प्रदेश, बिहार र झारखण्डका रहेका छन् । उनीहरू सुरुङको मुखबाट दुई सय मिटरभित्र छन् । त्यस क्षेत्रमा प्रशस्तै नेपाली कामदारहरू पनि कामका लागि पुग्ने गरेका छन् ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com