२०८१ जेष्ठ ३ - Thu May, 2024 -

Biz Suchana

२०८१ जेष्ठ ३
Thu May, 2024

भूकम्प पीडित विद्यार्थीका लागि अनेरास्ववियूको देउसी भैलो

काठमाडौं । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) केन्द्रीय कमिटीले जाजरकोट –रुकुम पश्चिमका भूकम्प पीडित विद्यार्थीको सहयोगका लागि देउसी भैलो सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ ।

आजबाट अनेरास्ववियूले तिहारको सांस्कृतिक तथा मनोरञ्जनात्मक पक्ष देउसी भैलो खेल्न सुरु गरेको हो । उक्त कार्यक्रमबाट उठेको रकम भूकम्प पीडित विद्यार्थीको सहयोगार्थ प्रयोग गरिने अनेरास्ववियूले जनाएको छ ।

शनिबार स्ववियूका विद्यार्थी नेता कार्यकर्ताले सम्मानित नेता झलनाथ खनालको घरमा देउसी भैलो खेलेका छन् । उनीहरुले पार्टी निकट नेताको घरमा तिहारसम्म देउसी भैलो खेल्ने र रकम संकलन गरी पीडित बालबालिकाको शिक्षामा खर्च गर्ने बताएका हुन् । उनीहरुले देउसी गाउँदा पनि भूकम्प र त्यसले ल्याएको पारेको नकारात्मक प्रभाव तथा समस्या बारेमा भट्याएका एवं गीत गाएका थिए ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com