२०८१ बैशाख ३० - Sun May, 2024 -

Biz Suchana

२०८१ बैशाख ३०
Sun May, 2024

लागुऔषधसहित ६ जना पक्राउ

काठमाडौं, २३ असोज । काठमाडौं र कालिकोटबाट लागुऔषदसहित ६ जना पक्राउ परेका छन् ।  काठमाडौको बुढानीलकण्ठ नगरपालिका-३ बुढानिलकण्ठ मन्दिर नजिकैबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ८ ग्रामसहित सोही नगरपालिका-५ बिष्णुमती बस्ने सुनसरी धरान उपमहानगरपालिका-१२ घर भएका २० वर्षीय सन्दिप भन्ने समिर राईलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । साथै अनुसन्धानको क्रममा लागूऔषध ओसारपसारमा संलग्न रहेको खुल्न आएका अन्य २ जनालाई समेत काठमाडौं चाबहिलबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।

कालिकोटको खाँडाचक्र नगरपालिका-२ जितेगडाबाट मान्मतर्फ जाँदै गरेको भे.१ च ४३९१ नम्बरको बलेरो गाडीमा सवार भारत घर भएका २५ वर्षीय अबिशेक कुमार कस्यापसहित ३ जनालाई अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ७ ग्राम १ सय ५० मिलिग्रामसहित प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट हुल्मबाट खटिएको प्रहरीले गाडी जाँच गर्ने क्रममा उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com