२०८१ बैशाख ३० - Sun May, 2024 -

Biz Suchana

२०८१ बैशाख ३०
Sun May, 2024

सरकारले व्यवसायीको हितमा काम नगरे दशैंपछि आन्दोलन गछौं : केन्द्रीय सदस्य श्रेष्ठ

काठमाडौं, २० असोज । सरकार र राष्ट्रबैंकको कारण अर्थतन्त्र विग्रिएको नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य बेद बहादुर श्रेष्ठले आरोप लगाएका छन् ।

शनिबार काठमाडौंमा आयोजित सिन्धुपाल्चोक जिल्लाका विद्यार्थी सम्मान कार्यक्रममा उनले सरकार र राष्ट्र बैंकको कारण अर्थतन्त्रमा समस्या आएको दाबी गर्दै सरकारले सुधार गरेर सहज वातावरण नबनाए दशैंपछि आन्दोलन गर्न महासंघ पछि नपर्ने बताए ।

उनले भने, ‘देशमा १६८ वटा उद्योग वाणिज्य संघ,जिल्ला र नगरहरु स्थापना भएका छन् । हातमा हात मिलाएर देशैभरी आन्दोदनमा हिड्नुपर्ने जस्तो देखिन आएको छ । अहिले नेपाल सरकार र राष्ट्र बैंकबीच असमझदारीको कारणले व्यवसायीको हितमा कुनै काम नभएकोले अहिलेको स्थितिमा व्ययसायीमाथि थिचोमिचो भएको महशुस महासंघले गरेको छ ।’

कार्यक्रमकको सिन्धु युएसए वोलफेयर सोसाइटीको सिन्धुपाल्चोक उद्योग वाणिज्य संघले संयुक्त रुपमा सिन्धुपाल्चोक जिल्लाबाट ०७९ मा उत्कृष्ट नतिजा ल्याएर माध्यामिक शिक्षा परिक्षा (एसइई ) उर्तिण गरेका विभिन्न विद्यालयका पाँच जना विद्यार्थीलाई नगद सहित सम्मान गरेको छ ।

सम्मानित हुनेमा मेलम्ची घ्याङ मावी मेलम्चीका विवेक श्रेष्ठ, सोहि विद्यालयका आश्विन तामाङ, बाल शिक्षा मावी खाडिचौरकी संस्कृति चालिसे, प्रगति इङ्लिस सेकेण्डरी स्कूल मेलम्चीकी खुशी श्रेष्ठ र सजना बस्नेत रहेका छन् । सासाइटिको सहयोगमा कक्षा १२ उर्तिण गरेका विद्यार्थी विनोद ताामङ पाख्रिनलाई पनि कार्यक्रममा बधाई सहित सम्मान गरिएको छ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com