२०८१ जेष्ठ ५ - Sat May, 2024 -

Biz Suchana

२०८१ जेष्ठ ५
Sat May, 2024

एसियाली खेलकुदमा सहभागि राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौ, १८ असोज । राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ ।१९ औं एशियाली खेलकुद प्रतियोगितामा सहभागि नेपाली क्रिकेट टोली बिहीबार स्वदेश फर्किएको हो । टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ब्याण्ड बाजासहित स्वागत गरिएको थियो ।

विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले सोचेजस्तो नतिजा नआएपनि खेल राम्रो भएको बताए ।
उनले भने, ‘सोचेको जस्तो रिजल्ट आएन् । चुनौतीपुर्ण त छँदै थियो तर अन्तिम ओभरमा फिल्डिङमा कमजोरी भएकाले भारतसँग हार व्यहोर्नुप¥यो । निरासासंगै संगै खेल सकारात्मक नै थियो । ’

आउने दिनमा बलिया देशहरुसँग खेल्न पाए र झनै अभ्यास गर्न पाए खेल्न सहज हुने बताए । त्यस्तै क्रिकेटर दीपेन्द्र सिंह ऐरीले रेकर्ड तोड्न पाउँदा धेरै खुशी भएको बताए ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com