२०८१ बैशाख २७ - Thu May, 2024 -

Biz Suchana

२०८१ बैशाख २७
Thu May, 2024

नेपाल प्रहरीबाट प्रवाह हुने सेवामा आचरण र व्यवहर सुधार गर्दै लैजानुपर्छ : महानिरीक्षक कुँवर

काठमाडौं, ४ असोज । नेपाल प्रहरीबाट प्रवाह हुने सेवामा आचरण र व्यवहर सुधार गर्दै लैजानुपर्ने प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले बताएका छन् । उनले नेपाल प्रहरीले गर्ने काम कारवाहीमा राज्यको अनुहार देखिने भएकाले सेवा प्रवाहमा अरूलाई सहज हुनेगरी काम गर्नुपर्ने बताए । बिहीबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा महानिरीक्षक कुँवरले प्रहरीभित्र सरुवा मापदण्डअन्तर्गत पहुँचवाला मान्छेले मात्र अवसर पाउने कारणले समस्या आएको उल्लेख गरे ।

उनले भने, ‘प्रहरीभित्र सरुवा मापदण्ड सिनियर अफिसरदेखि कार्यलय सहयोगीसम्मको मापदण्डको त्यही अनुसारको विधिका गएका छौं । यहाँ त कस्तो रहेछ भने जसको पहुँच छ, त्यो पहुँचवाला मान्छेले मात्र अवसर पाउने कारणले समस्या आएको छ । यो कारणले पनि प्रहरीको मनोबल बढेको छैन । अहिले जो ढोका चार्न सक्दैन, जो शक्तिमा हुँदैन जो पहुँचमा सक्दैन ती व्यक्तिहरूले स्थान नपाएको अवस्था छ । यसको लागि प्रहरीले आफ्नो आचरण र व्यववहार सुधार गर्नुपर्छ ।’महानिरीक्षक कुँवरले प्रहरीमा सुन्ने सहनशिलता हुनुपर्ने र बेला बखतमा प्रहरीलाई लाग्ने गरेको आरोपप्रत्यारोप सहन सक्नुपर्ने बताए ।

उनले सबै कुराहरूलाई स्वीकार गरेर जाने सन्दर्भमा पहिले आफू भित्रको समस्या नै समाधान गर्नुपर्ने बताए । महानिरीक्षक कुँवरले बिशुद्ध व्यावसायिक बन्न सक्यो भने आम नागरिकलाई सेवा प्रवाह गर्न सक्ने विश्वास व्यक्त गरे ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com