२०८१ बैशाख २३ - Sun May, 2024 -

Biz Suchana

२०८१ बैशाख २३
Sun May, 2024

चन्द्रमापछि भारत अब सुर्यतर्फ, सेप्टेम्बर २ मा रकेट प्रक्षेपण गर्दै

काठमाडौं, १२ भदौ । चन्द्रयान–३ मिशनको सफलता पछि भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) ले सूर्यको अध्ययन गर्ने भएको छ ।भारतको पहिलो अन्तरिक्ष आधारित अब्जर्भेटरी ‘आदित्य एल– १’, सेप्टेम्बर २ मा बिहान ११.५० बजे श्रीहरिकोटाबाट प्रक्षेपण गरिने भएको छ ।

अन्तरिक्ष एजेन्सीले सोशल मिडिया प्लेटफर्ममा भनेको छ कि सूर्यको अध्ययन गर्ने पहिलो अन्तरिक्ष आधारित भारतीय वेधशाला पिएसएलभी–सी ५७ रकेट मार्फत प्रक्षेपण गरिनेछ।

आदित्य–एल १ मिशनको लक्ष्य एल–१ को परिक्रमाबाट सूर्यको अध्ययन गर्नु हो। यो अन्तरिक्ष यानले सातवटा पेलोड बोक्ने छ, जसले फोटो स्फियर ९प्रकाश मण्डल०, क्रोमोस्फियर (सुर्यको देखिने सतहभन्दामाथि) र सूर्यको बाहिरी तह (कोरोना) विभिन्न तरंग ब्यान्डमा अवलोकन गर्न मद्दत गर्नेछ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com