२०८१ जेष्ठ ८ - Tue May, 2024 -

Biz Suchana

२०८१ जेष्ठ ८
Tue May, 2024

चार देशीय टी–२० सिरिजः नेपाल र हङकङबीच खेल हुँदै

काठमाडौ, ५ भदौ । आजदेखि मलेसियामा चार देशीय महिला टी–२० क्रिकेट सिरिज हुने भएको छ । आज नेपालले हङकङसँग खेल्दैछ ।

नेपाल र हङकङबीचको खेल बायुमास ओभलमा हुँदैछ । खेल स्थानीय समय अनुसार दिउँसो २ बजे सुरु हुनेछ । त्यसअघि पहिलो खेलमा घरेलु टोली मलेसियाले कुवेतसँग खेल्नेछ ।

अगष्ट ३१ देखि मलेसियामै हुने आईसीसी महिला टी–२० विश्वकप एसिया क्वालिफायरको तयारी स्वरुप चारदेशीय टी–२० सिरिज खेल्न लागिएको हो । हङकङलाई पराजित गर्दै नेपाल सिरिजमा सुदख सुरुआत गर्ने योजनामा छ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com