२०८१ जेष्ठ ७ - Mon May, 2024 -

Biz Suchana

२०८१ जेष्ठ ७
Mon May, 2024

बालुवाटार जग्गा प्रकरण : सीईआबीले लियो माधवकुमार र बाबुरामको बयान

काठमाडौ, ४ भदौ । बालुवाटार जग्गा काण्डले चिनिएको ललिता निवास जग्गा हिनामिना प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा.बाबुराम भट्टराईसँग बयान लिएको छ ।

आफ्नो अनुसन्धान प्रतिवेदन बुझाउने तयारी गरिरहँदा आइतबार राति सीआईबीले तत्कालीन प्रधानमन्त्रीद्वय नेपाल र भट्टराईसँग बयान लिएको हो । निर्णयकर्तालाई उन्मुक्ति दिन खोजिएको भन्दै सरकारको आलोचना भइरहेका बेला सर्वोच्च अदालतले मन्त्रिपरिषदको निर्णयमाथि समेत अनुसन्धान गर्न आदेश दिएपछि सीआईबीले उनीहरुसँग बयान लिएको हो । सीआईबीले उनीहरूसँग सोधपुछ कागज गरेको हो ।

निर्णय गर्नेलाई कारबाही नगर्न खोजेको र निर्देशन पालना गर्ने कर्मचारी वा व्यक्तिलाई कारबाहीको दायरामा ल्याएर दोषीलाई उन्मुक्ति दिन खोजेको भन्दै सरकारको कडा आलोचना भइरहेको थियो । सर्वोच्च अदालतको आदेशलाई तत्कालीन प्रधानमन्त्रीद्वय नेपाल र भट्टराईसँग सीआईबीलाई बयान लिन बाटो खुलेको हो ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com