२०८१ बैशाख ३० - Sun May, 2024 -

Biz Suchana

२०८१ बैशाख ३०
Sun May, 2024

संसद खुलाउन आज पनि सर्वदलीय बैठक बस्दै

काठमाडौं, ४ भदौं । संसद गतिरोध अन्त्य गर्नका लागि आज पनि सर्वदलीय बैठक बोलाइएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आब्हानमा हिजो बसेको बैठकमा सहमति जुटन नसके पछि आज पनि बैठक बोलाइएको हो । बैठक दिउँसो ४ बजे बस्नेछ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनु पर्ने माग गर्दै निरन्तर संसद अवरोध गरिरहेको छ । तर, सरकारले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले छानबिन गरेर टुंग्याउने भन्दै प्रतिपक्षी दलको माग तत्काल पुरा गर्न नसकिने जनाउँदै आएको छ । सरकार र प्रतिपक्षी दुबै दलले आ–आफ्ना अडान कायमै राखे पछि साउन १२ गतेदखि संसद चल्न सकेको छैन् ।

त्यस्तै सभामुख देवराज घिमिरेले संसद चलाउनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डदेखि प्रतिपक्षी दल एमालेका नेता केपी शर्मा ओलीसहित संसदमा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलका प्रमुख सचेतक र सचेतकसँग पनि छलफल गरे पनि अझै निष्कर्ष निस्कन सकेको छैन । यद्धपी, सहमतिका लागि भन्दै प्रधानमन्त्री प्रचण्डले समय माग गरे पछि हिजोको बैठक स्थगित गरी साउन ६ गते प्रतिनिधिसभा बैठक बोलाईएको छ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com