२०८१ जेष्ठ ५ - Sat May, 2024 -

Biz Suchana

२०८१ जेष्ठ ५
Sat May, 2024

ओलीको अवरोधका कारण मुलुकमा राजनीतिक अस्थिरता कायम भयो : घनश्याम भुषाल

काठमाडौ, २० साउन । केपी शर्मा ओलीको अवरोधको कारण मुलुकमा राजनीतिक अस्थिरता कायम भएको नेपाल कम्युनिष्ट पार्टीका महासचिव घनश्याम भुषालले आरोप लगाएका छन् । समाजवादी इञ्जिनियरिङ एसोसिएशन नेपालको प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै महासचिव भुषालले मुलुकबाट गरिबी हटाउँने आफुहरुको लक्ष्य र योजनाको डीपीआर बनाउन ओलीले नदिएको दाबी गरेका छन् ।

उनले भने ‘ राष्ट्रिय पुँजीको विकास गर्नु समाजवादको तयारी गर्ने हो । यसमा काम गर्नुपर्छ भन्ने हाम्रो विचार थियो तर ओलीले त्यो तर्फ जाने कुरा नजाने भन्नु भयो, अबको १० वर्षमा हामी गरिबी हटाउने र रोजगारी बढाउने हाम्रो लक्ष्यलाई ओलीले आफ्नो निजी स्वार्थले रोक्दा कम्युनिष्ट पार्टी र राजनीतिलाई समेत समस्यामा पार्नु भयो । आज राजनीतिक अस्थिरता किन छ भने हामीले भने अनुसार योजनाको डीपीआर बनाउँन र लागू गर्ने बाटोलाई ओलीले रोकेकोले भएको हो । ’

समाज परिवर्तन गर्ने हो भने युवाहरुलाई अगाडि बढाउनु पर्ने बताउँदै अग्रगामी चेतना भएको व्यक्ति ४ जना भएपनि अगाडि बढ्न बढि संख्या नचाहिने पनि भुषालले प्रष्ट पारे । उनले भने ‘ एउटा राम्रो अभियान सुरु गर्न सक्यौं भने ५ वर्षमा हामी कृषिको क्रान्ति भनेका कुराहरु सम्पन्न गर्छौ । त्यसले उद्योगका लागि राम्रो आधार पनि तयार पार्छ । यसले हामीलाई सक्षम बनाउँन सक्छ । राम्रो तरिकाले लाग्ने हो भने १० वर्षमा देश बनाउँन सक्छौ र तर जब ओलीले संसद विघटन गरेपछि हामी स्थिर भएर लाग्न सक्या छैनौ । ’

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com