२०८१ जेष्ठ ४ - Fri May, 2024 -

Biz Suchana

२०८१ जेष्ठ ४
Fri May, 2024

राजनीतिले सबै संस्थाहरु राजनीतिको घेरामा आएको हुदाँ वर्षेनी ७ लाख युवाहरु बाहिरिदैः रवीन्द्र मिश्र

काठमाडौं, १५ साउन । देशका सरकारी र गैरसरकारी संस्थाहरु राजनीतिले गिजोलिएको राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्रले बताएका छन् । साउन १५ खिर खाने दिनको उपलक्ष्यमा आज काठमाडौंमा आयोजित कार्यक्रममा उपाध्यक्ष मिश्रले सबै खाले राजनीतिले सबै संस्थाहरु राजनीतिको घेरामा आएको हुदाँ वर्षेनी ७ लाख युवाहरु बाहिरिएको बताए ।

उनले भने, यो देश राष्ट्रको रुपमा अथवा राष्ट्र चलाउने राज्यको रुपमा क्षयिकृत भएर गयो । यो देशको राष्ट्रपति संस्था, प्रधानमन्त्री संस्था, कर्मचारी संस्था, अख्तियार, प्रहरी, हुदाँ हुदाँ न्यायालय पनि सबै राजनीतिले गिजोलियो त्यसले गर्दा यो सम्पूर्ण राज्य कमजोर हुदाँ एक वर्षमा ७ लाख युवाहरु बाहिर जाने गरेका छन् । ’ उपाध्यक्ष मिश्रले दक्ष युवाहरु बाहिरिरहेको अवस्थामा पुरानो मतदान प्रवृत्तिले गर्दा भएको भन्दै युवाहरुले विवेकको प्रयोग गरेर मतदान गनुपर्ने बताए ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com