२०८१ जेष्ठ २ - Wed May, 2024 -

Biz Suchana

२०८१ जेष्ठ २
Wed May, 2024

लिटिल आइन्सटाइन्स सुन्दर प्रिस्कुल ‘बेस्ट प्रिस्कुल अफ द इअर’ अवार्डद्वारा सम्मानित

काठमाडौं, ११ साउन । लिटिल आइन्सटाइन्स सुन्दर प्रिस्कुल ‘बेस्ट प्रिस्कुल अफ द इअर’ अवार्डद्वारा सम्मानित भएको छ । इन्टरनेशनल स्कुल अवार्ड ब्याङ्ककले भव्य समारोहकाबीच इन्टरनेशनल कन्फरेन्सको आयोजना गरी काठमाडौंको बसुन्धारास्थित सुन्दर प्रिस्कुललाई बेस्ट प्रिस्कुल अफ द इअर अवार्ड प्रदान गरेको हो । सो अवसरमा प्रिस्कुलका प्रिन्सिपल डा. श्याम सुन्दर चौधरी उपस्थित भई उक्त सम्मान ग्रहण गरेका थिए ।

सोही कार्यक्रममा एक प्यानालिस्टका रुपमा “डिजाइन थिङ्किङ्ग इन एजुकेशन : अ न्यु अप्रोच टु सोल्भिङ्ग कम्प्लेक्स प्रबलम्स ” का विषयमा प्रिन्सिपल डा.चौधरीले आफ्नो महत्वपूर्ण धारणा राखेका थिए ।

टेलर्स युनिवर्सिटीद्वारा आयोजित उक्त समारोहमा भारतका पूर्व केन्द्रिय मंत्री सुरेश प्रभु तथा पहिलो इन्डियन आइडल अभिजित सावन्तले विशेष तथा प्रमुख अतिथिको भूमिका निर्वाह गरेका थिए । त्यसैगरी समारोहमा भारत, अमेरिका ,फिलिप्पिन्स , कम्बोडिया , पाकिस्तान लगायत विभिन्न देशका शिक्षाविद तथा विद्यालयका प्रतिनिधिहरुको  उपस्थिति रहेको थियो।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com