२०८१ बैशाख ३० - Sun May, 2024 -

Biz Suchana

२०८१ बैशाख ३०
Sun May, 2024

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौ, ८ साउन । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार पनि सुनचाँदीको मूल्य घटेको जनाएको छ । महासंघले सोमबार सुनको मूल्य तोलामा ३०० र चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको जनाएको हो

यससँगै, सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ४५० रुपैयाँ कायम छ । आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ३०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ७५० रुपैयाँ कायम थियो ।

आइतबार सुनको मूल्यमा ५०० रुपैयाँको गिरावट आएको थियो । यस्तै, सोमबार चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ । आइतबार तोलामा १४ सय ६५ रुपैयाँमा कारोबार भएको चाँदी आज १४ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदीको मूल्य तोलामा १५ रुपैयाँको गिरावट आएको थियो ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com