२०८१ बैशाख २७ - Thu May, 2024 -

Biz Suchana

२०८१ बैशाख २७
Thu May, 2024

सरकारले गर्यो ६४ जनाको इन्स्पेक्टर तहमा बढुवा

काठमाडौ, ७ साउन । सरकारले ६४ जना प्रहरी वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई) को प्रहरी निरीक्षक (इन्स्पेक्टर) तहमा बढुवा गर्न सिफारिस गरेको छ । शनिवार बसेको बढुवा समितिको बैठकले विभिन्न जिल्लामा कार्यरत ६४ जना प्रहरी वरिष्ठ नायब निरीक्षकलाई एकै पटक प्रहरी निरीक्षक (इन्स्पेक्टर) तहमा बढुवा गर्ने निर्णय गरेको हो ।

प्रहरी नियमावली २०७१ (संसोधन सहित)को नियम २७ को उप–नियम ४ अनुसार ६४ जनालाई इन्स्पेक्टर तहमा बढुवाको लागि सिफरिस गरेको बढुवा समितिले जनाएको छ ।

सार्वजनिक सूचीअनुसार नेपाल प्रहरी अपराध अनुसन्धान कार्यालय सुर्खेतमा कार्यरत वरिष्ठ सई मोहनलाल आंगा श्रेष्ठ पहिलो नम्बरमा छन् । यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रहरी महाशाखा टंगालमा कार्यरत लोकराज पाठक दोस्रो र नेपाल प्रहरी प्रधान कार्यालयका किरण घिमिरे तेस्रो नम्बरमा सिफारिसमा परेका छन् ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com