२०८१ बैशाख २९ - Sat May, 2024 -

Biz Suchana

२०८१ बैशाख २९
Sat May, 2024

आजको विदेशी मुद्राको विनिमय दर, युएई दिराम ३६ रुपैयाँ बढी

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्बजनिक गरेको छ ।जस अनुसार भारतीय रूपैयाँ १ सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा तोकिएको छ ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ९० पैसा र बिक्री दर १३३ रुपैयाँ ५० पैसामा कारोबार हुदाँ युरोपियन युरो एकको खरिद दर १४० रुपैयाँ ४० पैसा र बिक्री दर १४१ रुपैयाँ ०३ पैसामा खरिदबिक्री गर्न सकिनेछ ।

बेलायती पाउण्ड एकको खरिद दर १६१ रुपैयाँ २८ पैसा र बिक्री दर १६२ रुपैयाँ ०१ पैसा कायम हुदाँ अष्ट्रेलियन डलर एकको खरिददर ८४.४७ पैसा तथा बिक्रि दर ८४.८५ रुपैयाँ र क्यानेडियन डलर एकको खरिददर ९६.३१ रुपैयाँ र बिक्री दर ९६.७५ रुपैयाँ कायम गरिएको छ ।

जापानी येन १० को खरिददर ८ं.८६ तथा बिक्रि दर ८.९० रुपैयाँ कायम हुदाँ सिंगापुर डलर १ को खरिददर ९७.०५ रुपैयाँ तथा बिक्रि दर ९७.४९ रुपैयामा कारोबार हुनेछ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ .४४ रूपैयाँ र बिक्री दर ३६.६० रूपैयाँ कायम गरेको जनाएको राष्ट्र बैंकले युएई दिराम एकको खरिद दर ३६.१८ तथा बिक्रिी दर ३ट.३५ रुपैयाँमा खरिदबिक्रीका लागि अनुमति दिएको छ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com