२०८१ बैशाख ३० - Sun May, 2024 -

Biz Suchana

२०८१ बैशाख ३०
Sun May, 2024

आजको विदेशी मुद्राको विनिमय दर, बढयो अमेरिकन डलरको भाउ

काठमाडौ, ४ साउन । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६०रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलरको खरिद दर १३१ रूपैयाँ ०६ पैसा र बिक्री दर १३१ रूपैयाँ ६६ पैसा तथा युरोपियन युरो एकको खरिददर १४७ रूपैयाँ १० पैसा र बिक्री दर १४८ रूपैयाँ ७८ पैसा कायम गरिएको छ ।

अमेरिकन डलरको खरिद दर ० रूपैयाँ १० पैसा र बिक्रीदरमा १४ पैसाले डलरको भाउ बढेको छ । हिजो अमेरिकन डलरको खरिद दर १३० रूपैयाँ ९६ पैसा र बिक्री दर १३१ रूपैयाँ ५६ पैसा तथा युरो एकको खरिद दर १४७ रूपैयाँ ३४ पैसा र बिक्री दर १४८ रूपैयाँ ०१ पैसामा कारोबार भएको थियो ।

बेलायती पाउण्ड एकको खरिद दर १६९ रूपैयाँ ५९ पैसा र बिक्री दर १७० रूपैयाँ २७ पैसा अस्ट्रेलियन डलर एकको खरिद दर ८८.६६ रुपैयाँ रहेको छ भने बिक्री दर ८९.७ रुपैयाँ, क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ ४६ पैसा र बिक्रीदर ९९ रुपैयाँ ९१ पैसा कायम गरिएको छ ।

जापानिज येन १० को खरिदमा ९ रुपैयाँ ३७ पैसा र बिक्रीदर ९ रुपैयाँ ४१ पैसामा कारोबार हुदाँ दक्षिण कोरीया १०० को खरिदमा १० रूपैयाँ ३६ पैसा र बिक्रीदर १० रूपैयाँ ४१ पैसा कायम भएको छ ।

यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ९७ पैसा र बिक्री दर ३६ रूपैयाँ १४ पैसामा कारोबार हुने जनाएको राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३४.९४ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.१ रुपैयाँ , मलेसियन रिंगिट एकको खरिद दर २८.८५ रुपैयाँ तथा बिक्री दर २८.९८ रुपैयाँ र कुवेती दिनार १ को खरिद मूल्य ४२७.४१ पैसा विक्रीदर ४२९.३६ पैसा कायम गरिएको छ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com