२०८१ बैशाख ३० - Sun May, 2024 -

Biz Suchana

२०८१ बैशाख ३०
Sun May, 2024

हालसम्म ६ वटा माइक्रोफाइनान्स कम्पनीहरुले गरे लाभांश घोषणा

काठमाडौं । हालसम्म ६ वटा माइक्रोफाइनान्स कम्पनीहरुले मात्रै गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेका छन् । लाभांश घोषणा गरेका माइक्रोफाइनान्स कम्पनीहरुमा युनिक नेपाल लघुवित्त, धौलागिरि लघुवित्त, आरएसडीसी लघुवित्त, स्वाबलम्बन लघुवित्त, एनआईसी एसिया लघुवित्त र सपोर्ट माइक्रोफाइनान्स छन् ।

जसमध्ये आरएसडीसी लघुवित्त कम्पनीको मात्रै बुक क्लोज भइसकेको छ । बुक क्लोज भएको सो कम्पनीको सेयर खरिद गर्नेले यो वर्षका लागि लाभांश पाउने छैनन् ।त्यस्तै एनआईसी एसिया लघुवित्तको मंसिर २५ गते बुक क्लोज मिति तय भएको छ ।

सो दिनसम्म सेयर खरिद गर्नेले यो कम्पनीको लाभांश पाउने छन् । लाभांश घोषणा गरिसकेका अरु ४ माइक्रोफाइनान्स कम्पनीहरु धौलागिरी, सपोर्ट, स्वाबलम्बन र युनिक नेपालले भने अहिलेसम्म बुक क्लोजको मिति तय गरिसकेका छैनन् ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com