२०८१ जेष्ठ ८ - Tue May, 2024 -

Biz Suchana

२०८१ जेष्ठ ८
Tue May, 2024

प्राइम कमर्सियल बैंकको संस्थापक सेयर लिलामी खुला

काठमाडौ, ३ साउन । आजदेखि प्राइम कमर्सियल बैंकले १३ लाख ५० हजार १० कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ । यसमा बैंकका विद्यमान संस्थापक सेयरधनीसहित अन्य इच्छुक व्यक्ति तथा संघसंस्थाले समेत बोलपत्र पेश गर्न सक्नेछन् । संस्थापक सेयरको प्रतिकित्ता भाउ १२० रुपैयाँ तोकिएको छ ।

लगानीकर्ताले सोही मूल्यलाई आधार मानेर लिलाम बढाबढमा सहभागी बन्न सक्नेछन् । यसमा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गर्नेछ । आवेदकले प्रभु क्यापिटल कमलादी, काठमाडौं पुग्नेगरी लिलामीको बोलपत्र पेस गर्नुपर्नेछ ।

यसमा साउन १७ गतेसम्म आवेदन दिन सकिन्छ । बोलपत्रमा आफूले खरिद गर्न चाहेको सेयर संख्या र कबोल गरेको रकम उल्लेख गर्नुपर्ने बिक्री प्रबन्धकले जानकारी गराएको छ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com