२०८१ जेष्ठ ४ - Fri May, 2024 -

Biz Suchana

२०८१ जेष्ठ ४
Fri May, 2024

राष्ट्र उत्थान र आशा लघुवित्तको एकीकृत कारोबार सुरु

काठमाडौ, ३१ असार । राष्ट्र उत्थान लघुवित्तलाई प्राप्ति गरेर आशा लघुवित्तले आइतबारदेखि एकीकृत कारोबार सुरु भएको छ । दुवै एक भएपछि आशा लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार सुरु भएको हो । दुवै संस्थालाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले असार २२ र नेपाल धितोपत्र बोडएले असार २६ गते अन्तिम स्वीकृति दिएका थिए ।

आशाले राष्ट्र उत्थान लघुवित्तलाई १ः१ को सेयर स्वाप रेसियोमा प्राप्ति गरेको हो । यी दुवै संस्थाहरुले गत चैत २९ गते एक्विजिसन सम्बन्धी प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर गरेका थिए । हाल आशा लघुवित्तको चुक्ता पुँजी ४० करोड रुपैयाँ बढी रहेको छ भने राष्ट्र उत्थानको २६ करोड रुपैयाँ रहेको छ । आशा लघुवित्तको राजिष्टर्ड कार्यालय नुवाकोटको मदरपुरमा रहेको छ भने राष्ट्र उत्थान लघुवित्तको काभ्रेको बनेपा, साँगामा रहेको छ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com