२०८० मंसिर १२ - Tue Nov, 2023 -

Biz Suchana

२०८० मंसिर १२
Tue Nov, 2023

नेपाल राष्ट्र बैङ्कले १५ अर्ब चार करोडमाथिको ट्रेजरी बिल बिक्री गर्दै

नेपाल राष्ट्र बैङ्कले १५ अर्ब चार करोड ५० लाख रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ। ९१ दिन अवधिका लागि छ अर्ब चार करोड ५० रुपैयाँ बराबरको र १८२ दिन अवधिको ७ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गन लागेको हो।

आन्तरिक ऋण उठाउन राष्ट्र बैङ्कले २८ दिन अवधिका लागि दुई अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्ने भएको हो। राष्ट्र बैंकका अनुसार यसमध्ये ९१ दिन अवधिको पाँच अर्ब र १८२ दिन अवधिको सात अर्ब नयाँ रहेको छ।

जारी ट्रेजरी बिल २८ दिनको चैत २१ गते, ९० दिनको जेठ २३ गते र १८२ दिनको भदौ १९ गते परिपक्व हुनेछ। आज जारी हुने ट्रेजरी बिल आइतबार दिउँसो ३ बजेवाट अनलाइन माध्यमबाट बोलकबोल हुने राष्ट्र बैङ्कले जनाएको छ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com