२०८१ जेष्ठ ५ - Sat May, 2024 -

Biz Suchana

२०८१ जेष्ठ ५
Sat May, 2024

सांसदको आवश्यक संख्या पुगेका दिन संसदीय दलको नेता परिवर्तन हुन्छ : गगन थापा

काठमाडौं, ३० असार । नेपाली कांग्रेस महामन्त्री गगन थापाले सांसदको आवश्यक संख्या पुगेका दिन संसदीय दलको नेता परिवर्तन हुने बताएका छन् । महामन्त्री थापाले कांग्रेस संसदीय दलको विधानमै नेता परिवर्तन गर्ने ठाउँ रहेको स्मरण गराउँदै संख्या पुगेको खण्डमा परिवर्तन गर्ने बताएका छन् ।

आज विराटनगरमा पत्रकारसँग कुरा गर्दै महामन्त्री थापाले यसअघि नै दलको नेतामा प्रतिस्पर्धा गरेको व्यक्तिले संख्या पुगेको दिन पुनः प्रयास गर्नु स्वभाविकै भएको बताएका हुन् ।‘ म त दलको नेतामा लडेको मान्छे हुँ । हुनुपर्छ भनेरै प्रयास गरेको हो । मेरो निरन्तर कोसिस हुन्छ ,’ पत्रकारको प्रश्नमा उनले भने, ‘साथीहरूको संख्याले सार्थकता दिन्छ भन्ने महसुस भएपछि अवश्य प्रयास हुन्छ ।’

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com