२०८१ बैशाख २९ - Sat May, 2024 -

Biz Suchana

२०८१ बैशाख २९
Sat May, 2024

लुम्बिनी प्रदेशसभा बैठक बस्दै, बजेटमाथि छलफल हुनेमा आशंका कायमै

काठमाडौं, १७ असार । लुम्बिनी प्रदेश सभाको आजको बैठकमा बजेटमाथि छलफल हुने भएको छ । लुम्बिनी सरकारले आगामी आर्थिक वर्ष २०८०–८१ का लागि पेश गरेको बजेटमाथि आज छलफल हुन लागेको हो । जसका लागि आज प्रदेशसभा बैठक बस्दैछ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले असन्तोष जारी गरेको तथा सत्तापक्षीय सांसद स्वयं समेत असन्तुष्ट रहेको बेला प्रदेशसभा चल्नेमा भने अझैं आशंका कायमै छ ।

नेपाली कांग्रेस नेतृत्वको सरकारले ल्याएको बजेटबारे आन्तरिक सहमति नजुट्दा बजेट पेश भएको दुई साता नाघिसक्दा पनि त्यसमाथी अझै पनि छलफल सुरु हुन सकेको छैन । जसकाकारण बजेट माथी सांसदहरुको औपचारिक धारणा बाहिर आउन सकेको छैन ।

पुर्वनिर्धारित कार्यसुची अनुसार गत असार १० गतेबाट बजेटमाथि छलफल सुरु गर्ने भन्दै बैठक आव्हान गरिएको भए पनि बिबाद नसल्टे पछि सूचना टाँसेर स्थगित गरिएको थियो ।गत असार १ गते अर्थमन्त्री धनबहादुर मास्केले ४० अर्ब ४७ करोड ८९ लाख बराबरको बजेट प्रदेशसभामा पेस गरेका थिए ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com