२०८१ जेष्ठ ८ - Tue May, 2024 -

Biz Suchana

२०८१ जेष्ठ ८
Tue May, 2024

बाग्मती प्रदेश सभा बैठक आज बस्दै, बजेटमाथि छलफल हुँने

काठमाडौं, १२ असार । आज बाग्मती प्रदेश सभाको बैठक बस्दैछ । प्रदेश सभा सचिवालय भवन, हेटौडामा उक्त बैठक बस्नेछ । बैठक अपरान्ह १ बजे बोलाईएको छ। आजबाट बजेटमाथि छलफल सुरु हुने प्रदेश सभा सचिवालयले जानकारी दिएको छ । जस अनुसार आजको बैठकमा प्रदेश सरकारले गत असार १ मा प्रस्तुत गरेको आर्थिक वर्ष २०८०–०८१ को बजेटमाथि आजबाट छलफल सुरु हुनेछ ।

प्रदेश सभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काका अनुसार सोमबार बसेको कार्य परामर्श व्यवस्थापन समितिको बैठकले आजदेखि बजेटमाथिको छलफल गरिने कार्यसूची बनाएको हो ।

सो प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिंह लामाले गत असार १ गतेको प्रदेशसभाको बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका थिए, जुन बजेट माथी आज छलफल हुन लागेको हो ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com